FAQs Complain Problems

सूचना तथा समाचार

प्रस्ताब आब्हानको सूचना - पशु सेवा शाखा

स्वस्थ तथा स्वच्छ मासु उत्पादन आयोजना - दोस्रो पटक प्रकाशित मिति: २०७५/१/१४
(प्रथम पटक प्रकाशित मिति: २०७४/१२/२०)

मंगलबारको दिन नक्शा पासको काम नहुने सम्बन्धि सूचना

यस नीलकण्ठ नगरपालिका अन्तरगर्त (वडा नं. १-१४)निर्माण हुने घरको लागि आवश्यक नक्शा पास सम्बन्धित काम हप्ताको एक दिन मंगलबारको दिन प्राबिधिक नापजाँच तथा अनुगमन निरिक्षणका लागि फिल्ड जानुपर्ने भएकोले सो दिन नक्शा पासको कार्य नहुने बहिरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ |

नगरपालिलाई व्यवस्थित बनाउन अतिक्रमित संरचना भत्काउन सुरु

नीलकण्ठ नगरपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ। पहिलो चरणमा नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित पुछारबजारबाट घर भत्काउन सुरु गरिएको छ।

नगर क्षेत्रका विभिन्न सार्वजनिक जग्गा तथा खोलालाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना नगरपालिकाले डोजर लगाएर भत्काएको हो।

नि:शुल्क पार्किङको व्यवस्था गरिएको बारे जानकारी

यस नीलकण्ठ नगरपालिकाले धादिङबेशी बजारमा सवारी साधनहरुको पार्किङ ब्यबस्थित गर्नको लागि बीचबजार चोक नजिकै (मिलनटोल जाने बाटोमा) १०० मिटर भित्र निशुल्क पार्किङको व्यवस्था गरिएको व्यहोरा जानकारी गराईन्छ |

प्रस्ताब आब्हानको सूचना - पशु सेवा शाखा

स्वस्थ तथा स्वच्छ मासु उत्पादन आयोजना    - प्रथम पटक प्रकाशित मिति: २०७४/१२/२०

Pages