फोटो ग्यालरी

स्थानीय खुल्ला सरकार अबधारणामा आधारित मोबाईल एप ' मेरो नीलकण्ठ मेरो मोबाईल ', यस नीलकण्ठ नगरपालिका नगर प्रमुख श्री भीमप्रसाद ढुंगाना ज्युको अधक्ष्यता तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव श्री दिनेश कुमार थपलिया ज्युको प्रमुख आतिथ्यमा जिल्ला समन्वय समिति धादिङको सभाहलमा आज मिति २०७५/०१/०२ गते उद्घाटन गरियो | "मेरो नीलकण्ठ मेरो मोबाईल" एपबाट नीलकण्ठ नगरपालिका सम्बन्धि तथ्यांक, बजेट, परियोजनाहरु, सेवाहरु, संसाधन, सूचना तथा जानकारी आदिको विवरण तथा जानकारी पाउनुका साथै योजनाहरु, कार्यालयहरु लगायतका बिषयहरु नक्शा सहित हेर्न सकिनेछ | एपमर्फत नै जनताले नगरपालिकासंग सम्बन्धित प्रतिक्रिया पनि दिन सक्नेछन | यदि तपाई एनड्रोइड मोबाईल चलाउनु हुन्छ भने गुगल प्ले स्टोरमा गएर 'मेरो नीलकण्ठ मेरो मोबाईल' सर्च गरि डाउनलोड गर्न सक्नुहुनेछ वा तलको लिंकमा गएर सिधै एप डाउनलोड गर्न सक्नुहुनेछ | 'मेरो नीलकण्ठ मेरो मोबाईल' एप डाउनलोड लिंक : https://play.google.com/store/apps/details?id=org.kll.cityportal.nilkantha

, , , , , , , , , , , ,

Pages