उत्तरमा हिमालय देखि दक्षिणमा महाभारत पर्वतसम्म फैलिएको देशको एक मात्र जिल्ला धादिङमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णयअनुसार नीलकण्ठ, साङ्कोष, सुनौलाबजार र मुरलीभञ्ज्याङ गा.वि.स.लाई समेटेर स्थापना भएको हो ।देशको पुनसंरचना संगै २०७३ सालमा साबिकको ज्यमरुंग, खाल्डे र धुवाकोट गाबिस समेत यस नगरपालिकामा समाबेश गरिएको हो। देशको राजधानी काठमाडौं देखि ८९ कि.मी मा अवस्थित यस नगरपालिकाको क्षेत्रफल १९९.८७ वर्ग कि.मि.