सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी उपयोगमार्फत नगरपालिकाको सेवा प्रवाहलाई डिजिटल, पारदर्शी, सुरक्षित तथा नागरिकमैत्री बनाउन सूचना प्रविधि शाखाले कार्य गर्दै आएको छ साथसाथै अन्य कार्यलय व्यवस्थापन, वेबसाइट सञ्चालन, नेटवर्क तथा सर्भर व्यवस्थापन, साइबर सुरक्षा, सूचना प्रणाली विकास तथा ई–शासन (E-Governance) प्रवर्द्धनका कार्यक्रमहरु यस शाखा मार्फत संचालन हुँदै आएका छन ।