FAQs Complain Problems

नगरपालिलाई व्यवस्थित बनाउन अतिक्रमित संरचना भत्काउन सुरु

नीलकण्ठ नगरपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ। पहिलो चरणमा नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित पुछारबजारबाट घर भत्काउन सुरु गरिएको छ।

नगर क्षेत्रका विभिन्न सार्वजनिक जग्गा तथा खोलालाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना नगरपालिकाले डोजर लगाएर भत्काएको हो।

स्मार्ट सिटीको रुपमा विकास गर्ने अवधारणा लिएको नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको हो। बजारलाई ब्यवस्थित बनाउनको लागि गुरु योजना बनाइदै गरेकाले गुरु योजना अनुसारको काम गर्न पहिलो चरणमा अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन थालेको र नियम मिचेर बनाइएका यस्ता संरचना क्रमश नगरपालिकाले भत्काउँदै जाने नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङगानाले बताउनु भयो ।

सार्वजनिक सम्पतिको दोहन गरी कसैले पनि यसरी संरचना बनाउन पाउँदैन । नगरपालिकाले खोला छेउ र सार्वजनिक जग्गाहरू अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरू हटाउन पटक पटक लिखित पत्र समेत दिएको थियो। स्थानीयले अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको नीलकण्ठ नगरपालिकाले जनाएको छ। बजारको सडक साँघुरो हुँदै गएकाले ब्यवस्थित रुपमा पार्किङ समेत नरहेको अवस्थामा खोलाछेउका सार्वजनिक जग्गाहरूमा पार्किङ बनाउने तथा सडक विस्तार गर्ने उद्येश्यका साथ अतिक्रमित घरटहरा भत्काउन सुरु गरिएको मेयर ढुङगानाले बताए।

सदरमुकामको दायाँ र बायाँ भएर बग्ने दुई वटा खोला छेउका जग्गाहरुमा पछिल्लो समय व्यापक अतिक्रमण भइरहेको छ। थोपाल खोला किनार र अरुण खोला किनारकासंगै जोडिएका जग्गाहरूमा घर बनाउने बहानामा खोला समेत हडप्ने क्रम बढ्दै गइरहेको जनगुनासो नगरपालिकाले व्यहोरी रहेको छ। यही गुनासाका बीच नीलकण्ठ नगरपालिकाले बजारलाइ ब्यवस्थित बनाउने योजनाका साथ अतिक्रमण गरेर बनाइएका सवै भवनहरूमा डोजर लगाउने बताएको छ। यस अभियानलाइ साथ दिन नीलकण्ठ नगरपालिका सबैमा हार्दिक अनुरोध गर्दछ |